newskoseli.Com

जिप दुर्घटनामा प्रहरी जवानको मृत्यु

बुधबार बिहान बैतडीमा जिप दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– १, कैलाली स्थायी ठेगानाका हाल पुरघाट प्रहरी चौकी, हाटमा कार्यरत २४ वर्षीय सुदिप श्रेष्ठको दुर्घटनामा मृत्यु भएको हो ।

खोड्पेबाट हाटका लागि छुटेको म १ ज ३२९ नम्बरको जिप पुर्चौंडी नगरपालिका– ६, सनगाउँमा पुग्दा सडकमै पल्टिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किसन चन्दले जानकारी दिएका छन् ।

‘चिप्लो सडकमा जिप अनियन्त्रित हुँदा दुर्घटना भएको हो’, उनले भने– ‘जिपमा सवार अरु सात जना समान्य घाइते छन् ।’ जिप र चालक पूर्णानन्द बडुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर