newskoseli.Com

प्रहरीले गर्‍यो १६ ठाउँमा आगो ताप्ने व्यवस्था

फाइल तस्बिर

केही दिनदेखि चलेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि शनिबारदेखि कैलालीको टीकापुर नगर क्षेत्रमा प्रहरीको पहलमा आगो ताप्ने व्यवस्था गरिएको छ ।

स्थानीय सामुदायिक वनसँग गरिएको समन्वयपछि निःशुल्क दाउरा उपलब्ध भई नगर क्षेत्रका १६ ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए । नगरका वासिन्दालाई चिसोबाट बचाउने अभियानस्वरुप आगो ताप्ने व्यवस्था गरिएको भट्टले बताए ।

यसैबीच, नगर क्षेत्रका विद्यालय आसपासका मदिरा पसल तथा होटलबाट ९ सय ५० लिटर अवैध घरेलु मदिरा जफत गरी नष्ट गरिएको छ । बढ्दो लागूऔषधको सेवन र ओसारपसार सामाजिक चुनौतीका रुपमा देखिन थालेपछि यस्ता विकृति न्यूनीकरणका लागि प्रहरीले टीकापुर क्षेत्रमा हरेक दिन ‘विद्यालयमा एक घन्टे कार्यक्रम’ अभियान पनि थालेको छ ।

लागूऔषधको प्रयोगले मानिसको स्वास्थ्य र समाजमा पार्ने असर, बालविवाह गर्दा हुने असरलगायतका विषयमा प्रहरी अधिकृतद्वारा विद्यालयका छात्रछात्रालाई चेतनामूलक प्रशिक्षण दिने गरिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर