newskoseli.Com

विप्लव नेकपाद्वारा गाउँपालिका अध्यक्षको अपहरण !

दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी पत्नी इलामल्ल शाहीलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण गरेको सरकारी संयन्त्रको दावी छ ।

ठाटीकाँध गाउँपालिका– २, श्रीपाटामा रहेको घरबाट राति १२ बजे शाही दम्पती अपहरणमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अपहरणमा परेको खबर आएको र प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर वलीले बताएका छन् । वडा नं. १ का वडाध्यक्ष नर्तमबहादुर बुढाका अनुसार राति १५ जनाको टोली आएर अपहरण गरेको सुनेर स्थानीय आफन्त र अन्य टोली खोजीकार्यमा लागेका थिए । गाउँपालिकाकी उपाध्यक्ष सुस्मीता शाहीले भने घटनाका बारेमा आफूलाई प्रहरीले जानकारी दिएको उल्लेख गरिन् ।

यसैबीच, अध्यक्षसहित अपहरणमा परेकी उनकी श्रीमती इलामल्ल शाही दैलेख र कालिकोट जिल्लाको सीमानामा पर्ने बताहा लेकमा भेटिएको स्थानीयवासीले बताएका छन् । अपहरणको सूचना पाएलगत्तै खोजी गर्न हिँडेको स्थानीयको टोलीले दैलेख र कालिकोटको सीमानामा पर्ने बताहा लेकमा बिहान ९ बजे इलामल्ल फेला पारेको सूचना आफूलाई प्राप्त भएको वडाध्यक्ष बुढाले बताए । अध्यक्षको अवस्था भने अझै अज्ञात रहेको उनले बताएकाे खबर राससले प्रेषित गरेकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर