newskoseli.Com

एनसेलको टावर हटाउन विप्लव नेकपाले पठायो घरधनीलाई पत्र (पत्रसहित)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कैलाली जिल्ला सङ्गठन समितिले बर्दगोरिया– २ का मधु रिजाललाई पत्र काट्दै आफ्नो घरबाट ‘देशको अर्बौं राजस्व लुट्ने’ एनसेलको टावर हटाउन अनुरोध गरेको छ ।

जिल्ला पार्टीका तर्फबाट घरधनीलाई लेखिएको पत्रमा भनिएको छ– ‘यहाँलाई अवगत नै छ, जनताको श्रम र पसिनामाथि ब्रह्मलुट मच्चाउने भ्रष्ट तथा दलाल सङ्घ–संस्था, पात्रहरू र यसका संरक्षकहरू विरुद्ध हाम्रो पार्टी निरन्तर सङ्घर्षरत छ । सङ्घर्षकै क्रममा एक दर्जनको हाराहारीमा उच्च बलिदान समेत भइसकेको छ । यस्तै भ्रष्ट, ठग र राष्ट्र नै लुट्ने दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यो देशका भ्रष्ट नेता, कर्मचारी र न्यायाधीश समेतलाई घूस दिएर अर्बौंं रुपैयाँ करछली गरी नाङ्गो रूपमा लुटपाट मच्चाइरहेको कुराप्रति पनि तपाईंं जानकार हुनुपर्छ ।’

सो पत्रमा अगाडि लेखिएको छ– ‘हाम्रो स्पष्ट बुझाइ के छ भने नेपालमा विद्यमान दलाल संसदीय व्यवस्था तथा यसैको संरक्षणमा भ्रष्ट, दलाल तथा देश लुटेराहरूको राज्यसत्ता कायम रहँदासम्म र यसलाई वैज्ञानिक समाजवादी व्यवस्थाले विस्थापन नगर्दासम्म शान्ति, स्थिरता र जनताको समृद्धिको कल्पना किमार्थ गर्न सकिँदैन । अतः तत्काललाई तपाईंको भवनमा जडान गरिएको एनसेल टावर यथाशीघ्र हटाउन लगाएर हाम्रो अनुरोधलाई सकारात्मक रूपमा ग्रहण गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।’

यस्तो छ पत्रको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर