newskoseli.Com

राजधानीको तापक्रम ०.६ डिग्री : यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर घट्दै गइरहेको छ । शनिबार उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियसमा झरेको छ । यो नै यस वर्ष मापन गरिएको काठमाडौं उपत्यकाको सबैभन्दा कम तापक्रम हो ।

शुक्रबार उपत्यकाको तापक्रम १.२ डिग्री सेल्सियस थियो । तापक्रम घटेर चिसो बढ्नुको कारण कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् शान्ति कँडेलले बताइन् । तापक्रम घटेसँगै उपत्यकामा बिहान र बेलुका अत्यधिक चिसो महशुस गरिएको छ । दिउँसोपख घाम लाग्ने भएकाले दिउँसोको तापक्रम भने नघट्ने मौसमविदको भनाइ छ ।

शनिबार दिउँसो उपत्यकाको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो निकै बढेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । आगमाी २४ घन्टाको चेतावनी तथा परामर्श जारी गर्दै तराईका भूभागमा बिहानको समयमा बाक्लो हुस्सु–कुहिरो रहेकाले राम्रोसँग घाम नलाग्ने र तापक्रममा गिरावट आई चिसो कायमै रहने महाशाखाले जनाएको छ । चिसोबाट बच्ने उपायहरु अपनाउनुका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्नेगरी सतर्क रहन समेत महाशाखाको आग्रह छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियसमा झरेको छ । दिपायल, धनगढी र डडेलधुराको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ भने पोखराको तापक्रम ३.६, सिमराको ५.५ र ओखलढुङ्गाको ३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर