newskoseli.Com

नेकपाको सचिवालय बैठक, सभामुखको उम्मेदवार टुंग्याइँदै

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान साढे ८ बजे सुरु भएको बैठकले सभामुखको उम्मेदवार टुंगो लगाउने बताइएको छ ।

पूर्वसभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदबाट राजीनामा दिएपछि सो पद असोजयता खालि रहेको छ । सो पदमा कसलाई चयन गर्ने भन्नेबारे सत्तारुढ नेकपाले निर्णय लिन सकिरहेको छैन । सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण सभामुख पद आफूले लिएर उपसभामुख पद छाड्ने नेकपाको तयारी छ ।

आफूसँग भएकी उपसभामुखलाई राजीनामा गराउनुपर्ने र नयाँ सभामुख चुन्नुपर्ने भएकाले नेकपा सकसमा परेको छ । पूर्वमाओवादीको कोटाबाट सभामुख बनेका महरा हटेसँगै सो पद पूर्वमाओवादीलाई नै दिइनुपर्ने एकाथरीको तर्क छ । अर्काथरी भने पार्टी एक भैसकेकाले पूर्वघटकको कुरा असान्दर्भिक भैसकेको तर्क गरिरहेका छन् ।

सभामुख पदमा पूर्वसभामुख सुवास नेम्बाङ, नेकपा स्थायी समितिका सदस्य अग्निप्रसाद सापकोटा र उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेमध्ये एकले बाजी मार्ने निश्चित छ । अध्यक्षद्वयमध्ये ओलीले नेम्बाङ र प्रचण्डले सापकोटाको पक्षमा अडान लिइरहेका छन् । डा. तुम्बाहाङ्फेलाई नै सभामुख बनाउनुपर्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चर्को दबाव दिइरहेको बताइन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर