newskoseli.Com

देशभर वर्षा, हिमाली र उच्च पहाडी भूभागमा हिउँ पर्‍यो : यस्ताे छ ३ दिनकाे माैसमी पूर्वानुमान

फाइल तस्बिर

पश्चिमी न्यूनचापीय वायुको प्रभावले शुक्रबार देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा हुनुका साथै हिमाली र उच्च पहाडी भूभागमा हिमपात सुरू भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘वर्षा लगातार नभई केही समय रोकिँदै फेरि सुरु हुँदै गर्नेछ’– मौसमविद् मानन्धरले भनिन् ।

राति देशभर सामान्य बदली रही हिमाली तथा उच्च पहाडी भूभागमा मध्यमदेखि भारी हिमपात हुने र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । शनिबार देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका केही स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले औंल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर