newskoseli.Com

प्रदेश– ३ को नाम र राजधानीबारे २१ गते छलफल, २२ गते मतदान

प्रदेश– ३ को नाम र राजधानीबारे निर्णय लिन साे प्रदेशसभामा पुस २१ मा छलफल र २२ मा मतदान हुने भएको छ । सो प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले त्यसबारे जानकारी गराएका हुन् ।

प्रदेशसभा सचिवालयमा आइतबार पत्रकारसँग छलफल कार्यक्रम आयोजना गरी सभामुख श्रेष्ठले ती दुई दिनको कार्यविधिबारेमा जानकारी गराए । पहिलो दिनको प्रदेशसभा बैठकमा ९ प्रस्ताव रहेको र दोस्रो दिन ६ प्रस्ताव रहेको उल्लेख गर्दै तीमध्ये प्रदेशको नाम र राजधानीबारे निर्णय लिइने प्रस्ताव समेत रहेको जानकारी उनले दिए ।

राजधानीका लागि सम्भावित भनी तोकिएका पाँचवटै जिल्लाका विषयमा छलफल हुने उनको भनाइ छ । निर्णयार्थ दुईतिहाइ बहुमतले पारित गरेको जिल्लालाई राजधानी घोषणा गरिने सभामुख श्रेष्ठले बताए । निर्णयार्थ छलफलमा जाँदा वर्णानुक्रमका आधारमा छलफल हुने र प्रत्येक जिल्लाका लागि मतदानसम्मको प्रक्रिया पूरा गरिने जानकारी उनले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर