newskoseli.Com

सुन र हिरासहित विमानस्थलबाट दुई पक्राउ

सुन र हिरासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुन र हिरासहित नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले भारतीय नागरिक मोहम्मद माइदिन साथट र कोटाककुथ किजाकेथिललाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

स्थालीलाई २२२ ग्राम हिरा र किजाकेथिललाई ५०० ग्राम सुनसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । पक्राउ परेका माइदिन नेपाल एयरलाइन्सको उडानद्वारा मलेसियाबाट नेपाल आएका र कोटाककुथ दुबईको उडानद्वारा दुबई हुँदै नेपाल आएको अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेकाले सुन र हिरालाई क्याप्सुल बनाएर मलद्वारमा लुकाइछिपाई गरेर ल्याएको प्रवक्ता ज्ञवालीले बताए । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर