newskoseli.Com

अनलाइनबाट ठग्ने गिरोह पक्राउ, मोटरसाइकल चोर्दाचोर्दै युवक पक्राउ

अनलाइनमार्फत ठगी गर्ने एक गिरोहलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइन व्यवसायमार्फत ठगी गर्ने मोरङका अलङ्कार जैन, भारतका नवीन अग्रवाल र आनन्द अग्रवाल, रौतहटकी शर्मिलाकुमारी श्रेष्ठ र काठमाडौंका सुशील गुरुङलाई उपत्यकाका विभिन्न स्थानबाट महाशाखाको टोलीले सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइनमार्फत विभिन्न व्यक्तिलाई झुटा कुरा सम्प्रेषण गरी लाखौं रकम ठगी गरेकाले उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

पक्राउ परेकासँग आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

मोटरसाइकल चोर्दाचोर्दै युवक पक्राउ

मोटरसाइकल चोरी गर्दै गर्दा एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका– १५, चमतीस्थित सडकमा पार्किङ गरेर राखिएको प्रदेश–३–०२–००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी गर्ने काभ्रेपलाञ्चोकका २० वर्षीय युवराज तामाङलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार तामाङले चमतीबाट मोटसाइकल डोर्‍याएर ल्याएको अवस्थामा प्रहरीले फेला पारेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर