newskoseli.Com

फरार अपराधी आफैं सुटुक्क अदालतमा

बारा प्रहरीले फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेपछि कतिपय फरार अभियुक्त आफैं अदालतमा हाजिर हुन थालेका छन । प्रहरीले पक्राउ गर्दा समाजमा ‘प्रतिष्ठा घट्ने’ डरले उनीहरु आफैं अदालतमा हाजिर हुन थालेका हुन् ।

अदालतको फैसला कार्यान्वयनका लागि निर्देशन भएपछि फरार रहेका अभियुक्तलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीले चासो देखाएपछि लामो समयदेखि फरार रहेका केही पक्राउ परेका छन् भने केही आफैं अदालतमा हाजिर हुन पुगेका छन् । अदालतले कसुरबमोजिम कारागार पठाउने र जरिवाना असुली गर्ने काम गरिरहेको छ ।

गम्भीर प्रकृतिका अपराधदेखि चोरी–तस्करी तथा सामान्य लेनदेनका दोषी आफैं आएर अदालतमा हाजिर हुने गरेको जिल्ला अदालतले जनाएको छ । प्रहरीले पक्राउ गर्दा ‘प्रतिष्ठा गुम्ने’ डरले आफैं अदालतमा आउने र कैद सजाय तथा जरिवाना भुक्तान गर्ने गरेको अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले बताए ।

हरेक दिन गम्भीर प्रकृतिका अपराधदेखि चोरी–तस्करी तथा सामान्य लेनदेनका पाँच–सात जना दोषी आफैं अदालत आउने गरेको ज्ञवालीले बताए । विगतमा दोषी ठहरिएका कर्मचारी, जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरी अदालत ल्याउन थालेपछि त्यस्ता अरू व्यक्ति समेत आफैं अदालत आएर कैद सजाय र जरिवाना भुक्तान गर्न निवेदन दिइरहेको स्रेस्तेदार ज्ञवालीले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर