newskoseli.Com

नीलबाराही रिसोर्टमा दिनहुँ जुवा खेलाइँदै : खालबाटै ७ लाखसहित १४ जना पक्राउ

मध्यपुर थिमी नगरपालिका– ९, नीलबाराही, टिगनीमा सूर्यबहादुर श्रेष्ठले सञ्चालन गरेको ‘नीलबाराही रिसोर्ट’ मा जुवातास खेलाइरहेको अवस्थाबाट प्रहरीले मंगलबार १४ जनालाई पक्राउ गरेको छ ।

सो रिसोर्टमा हरेक दिन जुवातास खेलाइने गरेको भनी प्राप्त सूचनाका आधारमा प्रहरीले छापा मार्दा तास खेलिरहेको स्थानबाट ७ लाख ३ हजार १ सय ९० रूपैयाँ नगद तथा ७ हजार ६ सय ६० भारतीय रुपैयाँ गरी कूल ७ लाख १५ हजार ४ सय ४६ रूपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक पञ्चलाल गालेले जानकारी दिए ।

पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेस गरिएको र उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत जुवा खेलेको वा खेलाएको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर