newskoseli.Com

फेरि अर्को वर्षा हुने : जाडोमा झन् लम्बिँदो छ हिउँदो झरी !

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभरिकै मौसममा बदली आई हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणालीका कारण मंगलबारदेखि सुरू भएको झरी अझै केही दिन लम्बिने जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ ।

बिहीबार दिउँसो देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने उच्च पहाडी र हिमाली भूभागहरुमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ । बिहीबार राति पनि पश्चिमका केही स्थान, मध्य र पूर्वका केही स्थानमा वर्षाको सम्भावना छ भने मध्य, पूर्वी उच्च पहाडी र हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिलेको तेस्रो हिउँदे वर्षा नसकिँदै नेपालमा चौथो चरणको वर्षा गराउने नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने तयारीमा रहेको महाशाखाले जनाएको छ । नेपालतिर आउँदै गरेको सो प्रणालीका कारण पुस २८ गते (सोमबार) देखि फेरि वर्षाको सम्भावना देखिइरहेको मौसमविद् बरुण पौडेलले जानकारी दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर