newskoseli.Com

‘श्रीस्वस्थानी ब्रत’ सुरु : शालीनदीमा विशेष मेला, यस्ताे छ व्यवस्थापन र सुरक्षा तयारी

हरेक वर्षको पौष शुक्ल पूर्णिमामा सुरु हुने हिन्दू धर्मावलम्बीको ‘श्रीस्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा–आराधना’ शुक्रबारदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (एक महिना) सम्म हरेक दिन घरघरमा ‘श्रीस्वस्थानी ब्रतकथा’ भन्ने र सुन्ने प्रचलन छ । स्वस्थानीको ब्रत बस्दा र कथा भन्दा–सुन्दा ‘मनोकांक्षा पूरा हुने’ धार्मिक विश्वास छ ।

माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिले अघिल्लो शनिबार (१९ं पुसमा) पत्रकार सम्मेलन गरी पूजाको विधि, चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी जानकारी गराएको थियो । पुस २५ देखि चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले बताएका छन् ।

विगत वर्षहरुमा लाखौं भक्तालु दर्शनार्थी माधवनारायण स्वस्थानी ब्रत मेलामा उपस्थित भएको तथ्याङ्कलाई मध्यनजर गर्दै यस वर्ष पनि सोही अनुपातमा श्रद्धालु भक्तजन आउने अपेक्षा समितिले गरेको छ । मेलामा राखिएका विभिन्न पसलले जथाभावी पैसा असुल्ने गरेको भन्दै समितिले यस वर्ष समिति तथा उपसमिति बनाएर बजार व्यवस्थापनको समेत अनुगमन अनुगमन गर्ने भएको छ ।

महानगरीय प्रहरी प्रभाग साँखुले पनि सुरक्षाका लागि प्रहरी ‘हेल्प डेस्क’ को स्थापना गरेको छ । ट्राफिक व्यवस्थापनको पनि समुचित प्रबन्ध गरिएको जानकारी प्रहरीले दिएको छ । सुरक्षाका लागि मेलामा ७० जना युनिर्फम तथा अरु सादा पोशाकमा प्रहरी टोली परिचालन गरिएको साँखु प्रभागका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले बताए । तीर्थयात्रीको सुरक्षालाई थप मजबुत बनाउनका सीसीटीभी फुटेजबाट समेत अवलोकन गरिने उनले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर