newskoseli.Com

प्रदेश– ३ को राजधानी हेटौंडा कायम : मतदानद्वारा धुलिखेल अस्वीकृत

आइतबार बिहान बसेको प्रदेशसभा– ३ को बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई सो प्रदेशको स्थायी राजधानी कायम गर्न प्रस्तुत गरेको प्रस्ताव दुईतिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ ।

काभ्रेको धुलिखेललाई राजधानी बनाइयोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले अस्वीकृत गरेको छ ।

सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले सो प्रस्तावको पक्षमा मतदान गरेका छन् । सोही बैठकमा साझा विवेकशील पार्टीका सांसद रमेश पौडेलले काभ्रेको धुलिखेललाई राजधानी बनाइयोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले अस्वीकृत गरेको छ ।

सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०४ सदस्यमध्ये १०१ सदस्यले विपक्षमा मतदान गरे भने जम्मा ३ मत मात्र उक्त प्रस्तावको पक्षमा परेको जानकारी प्रदेश सभामुख सानुकुमार श्रेष्ठले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर