
नलगाड नगरपालिका– ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ ।
बाजुरा जिल्ला घर भई चार महिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैंलाई कन्चटमा गोली हान्दा आइतबार बिहान उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिएका छन् । घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको प्रजिअ पन्तले बताएको खबर राससले प्रेषित गरेको छ ।