newskoseli.Com

बालुवाटार जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बम विष्फोट

सांकेतिक तस्बिर

काठमाडौंको नागर्जुन नगरपालिका– १ स्थित डा. शोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विष्फोट भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विष्फोट गराएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले दावी गरेका छन् ।

साँझ ७ः१४ मा भएको सो विष्फोटमा मानवीय क्षति भएको छैन । विष्फोटबाट झ्यालका सिसा फुटेका छन् भने गेट र पार्किङ गरिराखेको गाडीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको र पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ । ढकाल बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका व्यक्ति भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर