newskoseli.Com

गोरु काटेको आरोपमा तामाङद्वय पक्राउ

गोरु काटेको आरोपमा सूर्योदय नगरपालिका– ९, रम्फोक, इलामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रम्फोककै ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङ पक्राउ परेका हुन् ।

गाउँमा गोरु काटिरहेको गोप्य सूचना पाएपछि त्यसैका आधारमा फिक्कल प्रहरी चौकीका प्रमुख बस्नेतको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई घटनास्थलबाट पक्राउ गरेको थियो । प्रहरी घटनास्थल पुग्दा काटिएको मासु मात्र फेला परेको थियो । गोरु बिरामी भएकाले काट्नु परेको उनीहरुले बताएका छन् ।

उनीहरुमाथि म्याद थप गरी घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख रमेश राईले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर