newskoseli.Com

जलाउन लागिएको महिलाको शव घाटबाटै प्रहरीको नियन्त्रणमा

फाइल तस्बिर

घाटमा पुर्‍याएर जलाउनै लागिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सिंघिया खोलाको घाटबाट महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

ती महिलाको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले खबर गरेपछि प्रहरीले मसानघाटबाट शव नियन्त्रणमा लिएको हो । विराटनगर– ८, बलुवाहीस्थित सिंघिया खोलामा जलाउने तयारी भइरहेको अवस्थाको शव नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । विराटनगर– ८, बलुवाहीकै २८ वर्षीया प्रेमदेवी साहलाई श्रीमानको परिवारले सद्गत गर्न खोलामा पुर्‍याएको थियो ।

बुधबार राति कालगतिले उनको मृत्यु भएको श्रीमान पक्षले दाबी गरे पनि मृतकको घाँटीमा शंकास्पद डाम देखिएपछि मृतक साहको शव प्रहरीले नियन्त्रणमा लिएको थियो । मृतक महिलालाई जलाउनका लागि घाटमा पुर्‍याएर चिता समेत बनाइसकेको अवस्थामा माइती पक्षका आफन्तले मृतको घाँटीमा आलो डाम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै पुगेको प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि कोशी अस्पतालमा पठाएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर