newskoseli.Com

सपरिवार त्रिशुलीमा हाम्फालेकाको घरमा ‘सुसाइड नोट’ : पतिकाे उद्धार, पत्नीकाे मृत्य, दुई छाेरा बेपत्ता

फाइल तस्बिर

रोराङ गाउँपालिका– ३, बेनीघाट, धादिङको झोलुङ्गे पुलबाट दुई नाबालक छोरासहित दम्पती नै त्रिशुली नदीमा हामफाले । चद्रागिरी, काठमाडौंका विनय लामिछाने र जमुना रेग्मी (लामिछाने) ले ६ महिना र २ वर्षका छोराहरुलाई साथैमा लिएर बिहीबार साँझ त्रिशुली नदीमा हामफालेका हुन् ।

नदीमा हामफालेकामध्ये विनयलाई जीवितै उद्धार गरिएको छ भने श्रीमतीको मृत्यु भएको छ । उनीहरूका दुई नाबालक छोरा बेपत्ता छन् । बालकहरूको खोजी भैरहेको छ । त्रिशुली धमिलो भएकाले र पानी समेत परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

उद्धार गरिएका विनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन् । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानअनुसार आदमघाटस्थित ससुराली जान भनेर विनय काठमाडौंबाट सपरिवार हिँडेका थिए । बिजनेस घाटामा गएपछि परिवारसहित आत्महत्या गर्ने योजना बनाएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

अपडेटः विनयको घरमा भेटियो ‘सुसाइड नोट’

विनयको घरमा ‘सुसाइड नोट’ फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त थानकोटाका अनुसार विनयको घरमा फेला परेको ‘सुसाइड नोट’ मा विनयले कमोडिटी अनलाइन व्यापार गर्न भन्दै आफन्तहरुसँग ऋण लिएको र व्यापार सफल नभएपछि एकदमै तनावमा रहेको उल्लेख गरेका छन् । उनी स्थानीय सरकारी स्कुलमा पढाउँथे । ‘कमोडिटी व्यापारमा डुबेको पैसा तिरेर सकिँदैन, अब बाँच्नुको अर्थ रहेन’– सुसाइड नोट उद्धृत गर्दै प्रहरीले भनेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर