newskoseli.Com

‘अबको सचिवालय बैठकले एमसीसीलाई निष्कर्षमा पुर्‍याउँछ’ : नारायणकाजी

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे आवश्यक निर्णय पार्टीले छिट्टै लिने बताएका छन् ।

शनिबार म्याग्दीको बेनीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालको विद्युत् प्रशारणलाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताव एमसीसीलाई संसदबाट पारित गराउने विषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भइरहेको सन्दर्भमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय गरिने उनले बताए ।

‘पार्टीको सचिवालय बैठकले राष्ट्रिय स्वाधीनता र विकासलाई ध्यान दिएर यथार्थपरक ढङ्गबाट एमसीसी प्रस्तावबारे आवश्यक निकास निकाल्नेछ,’ प्रवक्ता श्रेष्ठले भने– ‘अब लामो समयसम्म एमसीसी प्रस्तावलाई के गर्ने भनेर बस्ने अवस्था रहँदैन, पार्टीको सचिवालय बैठकलाई निर्णय गर्ने निर्देशन भएको छ, अब बस्ने बैठकले यसलाई निष्कर्षमा पुर्‍याउँछ ।’

सभामुख चयनबारे देखिएको अन्यौलताले छिट्टै निकास पाउने पनि उनले बताए । वर्तमान सरकारले मुलुकमा हुँदै आएका र भएका बेथिति तथा गलत कार्यको छानबिन गरी वास्तविकता बाहिर ल्याउने कार्य गरेको दावी उनले गरे । राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारका क्रममा नेता श्रेष्ठसहित उम्मेदवार भगवती न्यौपाने म्याग्दी आएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर