
मोरङको मिक्लाजुङमा आइतबार साँझ बम विस्फोट भएको छ । निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका तीन वटा एक्स्काभेटरमा बम विष्फोट गराइएको स्थानीयवासीले बताएका छन् ।
विस्फोटबाट के–कति क्षति पुग्यो भन्नेबारे यकिन विवरण अझै आइसकेको छैन । सो विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गराएको हुन सक्ने आशंका प्रहरीले व्यक्त गरे तापनि कसले गरायो भन्ने स्पष्ट भइसकेको छैन ।