newskoseli.Com

उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा : भनिन्– ‘थप प्रगतिकाे उत्साह मिल्यो, खुशी छु’

सभामुखका उम्मेदवारको टुङ्गो लागेसँगै आफूले पदबाट राजीनामा दिएको उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले बताएकी छन् । प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर संविधानले संसद नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखका उम्मेदवारको टुङ्गो नलागेसम्म आफूले राजीनामा नदिएको र टुङ्गो लाग्नेबित्तिकै राजीनामा गरेको उनले बताइन् ।

आफू दलको नभई संसदको उपसभामुख भएकाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजीनामा गर्न दिएको निर्देशन मान्न नसकेको प्रस्टीकरण उनले दिइन् । ‘संसदीय मर्यादालाई ख्याल गरी मार्गप्रशस्त गर्न मैले राजीनामा गरेकी हुँ’– तुम्बाहाङ्फेले भनिन् । उपसभामुखबाट राजीनामा गरेसँगै ट्र्याक परिवर्तन भएको उनको भनाइ छ । आफ्नो दुईवर्षे कार्यकालमा संविधान र कानुनबमोजिम कर्तव्य निर्वाह गरेको जिकिर उनले गरिन् ।

असोज १४ पछि सभामुख पद रिक्त रहेको असहज परिस्थितिमा संविधानले दिएको अधिकारअनुसार आफूले प्रतिनिधिसभाको नेतृत्व गरेको उनले बताइन् । ‘उपभामुखबाट राजीनामा गर्दा म अत्यन्त खुशी छु, राजीनामासँगै मेरो प्रगतिका लागि थप उत्साह मिलेको छ’– उनले भनिन् । असोज दोस्रो सातादेखि प्रतिनिधिसभा सभामुखविहीन छ । सत्ताधारी नेकपाको आइतबार बसेको सचिवालयको बैठकले सो पार्टीका नेता एवं सांसद अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर