newskoseli.Com

ओली–प्रचण्ड–देउवा भेटघाट, के–के भयो छलफल ? देउवाले मागे उपसभामुख…

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलका क्रममा राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच भएको साझा सहमतिका बारेमा छलफल भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए ।

सो अवसरमा सभापति देउवाले संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा हुनुपर्ने तथा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति कार्यान्वयनमा जोड दिए । सभापति देउवाले प्रतिनिधिसभाको उपसभामुख कांग्रेसले पाउनुपर्ने कुरा राखेको जानकारी उपनेता नेम्बाङले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर