newskoseli.Com

सभामुख सापकोटाले लिए सपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानवमोजिम शपथग्रहण गरेका हुन् ।

आइतबार बसेको प्रनिधिसभाको बैठकबाट सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन् । सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भए ।

समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रीगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायत पनि सहभागी भएकाे खबर राससले प्रेषित गरेकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर