newskoseli.Com

१ करोड ६० हजारको सुन बरामद

रसुवागढी नाकाबाट अवैध तरिकाले नेपाल भित्र्याइएको सुन सोमबार बरामद भएको छ । बरामद गरिएको ५ टुक्रा सुनको मूल्य १ करोड ६० लाख रुपैयाँ रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन् ।

सुन ल्याइँदै गरेको सुराकीका आधारमा सीमा प्रहरी चौकी टिमुरेले ना १ ज ३५४२ नम्बरको टाटासुमो जिप खानतलास गरी घटृेखोलाबाट सो सुन बरामद गरिएको बताइएको छ । साढे २ केजी सुनमध्ये १ केजी चालकले कम्मरमा बाँधेको र डेढ केजी चालकको सिटमुनि लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामा चालक तुलानारायण श्रेष्ठ, भोटेकोशी, सिन्धुपाल्चोकका नवाङनुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुब्बा लामा, सुवास तामाङ र साङ शेर्पा रहेको प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले बताए । अभियुक्तलाई सदरमुकाम ल्याउने तयारी भइरहेको बताउँदै त्यसबारे मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी गराइने प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर