newskoseli.Com

बढी जोखिमकै जिल्लामा २.२ रेक्टरको भूकम्प

मंगलबार बिहान बाजुरामा भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा ४ दशमलव २ रेक्टर स्केको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

जिल्लाको पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिका (साविक रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिण) मा रहेको दोबाटोलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार सो क्षेत्रमा कुनै पनि वस्ती नभएको र बीच बाटो समेत भएकाले कुनै क्षति पुगेको छैन ।

एकाबिहानै भूकम्प गएपछि स्थानीयवासी त्रसित बनेका छन् । बाजुरामा पटक–पटक भूकम्प जान थालेपछि भूकम्प प्रतिरोधात्मक घर नभएकाले स्थानीयवासी त्रसित बन्दै गएको बताइएको छ । पुराना ढुङ्गा र काठबाट बनाइएका घरसँगै सिमेन्ट र इँटाबाट बनाइएका घर समेत भूकम्परहित नभएकाले यो जिल्ला भूकम्पको सबैभन्दा बढी जोखिममा रहेको बताइए खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर