newskoseli.Com

प्रहरीले भेट्याे ४७ बोरा सूर्ती, ४ केजी गाँजासहित अकालु पक्राउ

फाइल तस्बिर

इलाका प्रहरी कार्यालय राजगढले बुधबार ४७ बोरा सूर्ती बरामद गरेको छ । इलाका प्रहरी कार्यालय राजगढका प्रमुख दीर्घ राउतको नेतृत्वमा गएको प्रहरीको टोलीले बाह्रदशी गाउँपालिका– २ मा बेवारिसे अवस्थामा रहेको ४७ बोरा सूर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद गरिएको सुर्ती २ लाख ५० हजार रुपैयाँ मूल्यको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । बरामद गरिएको सूर्ती मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

उता। इलाका प्रहरी कार्यालय झिलझिलेले ४ केजी गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । कमल गाउँपालिका– १ निवासी अकालु साह पक्राउ परेका हुन् । प्रहरीले साहको घरबाट १४ हजार ६ सय ४८ रुपैयाँ नगद र एक थान चिलिम समेत बरामद गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर