newskoseli.Com

ट्रिपरले किचेर मारेका सिंहका परिवारले अझै बुझेनन् शव

वीरेन्द्रनगर नगरपालिका– ३, सुर्खेतमा मङ्गलबार ट्रिपरले किचेर मृत्यु भएका महावै गाउँपालिका– ३, सिमखेत, कालिकोटका २१ वर्षीय केशरबहादुर सिंहका परिवारले बुधबार पनि शव बुझेका छैनन् ।

भे १ ख २२४२ नम्बरको ट्रिपरले भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार सिंहलाई बिहान ८ ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको थियो । उनको मृत्युपश्चात् पीडित परिवारको सहमतिविना नै प्रहरीले बल प्रयोग गरेर शव उठाएकोप्रति विरोध गर्दै उनीहरुले बुधबार साँझ साढे ६ बजे सडकमा प्रदर्शन गरे ।

मृतक सिंहको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । पीडित परिवारले ट्रिपरधनी हरि बीसी नआउन्जेल र उचित क्षतिपूति उपलब्ध नगरुन्जेल शव नबुझ्ने र बिहीबार सडक यातायात बन्द गर्ने तथा सङ्घर्षका अरू कार्यक्रम पनि अघि बढाउने चेतावनी दिएका छन् ।

यता, जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहीबारसम्म पीडित परिवारसँग उचित छलफल गरेर समस्या समाधान गर्ने बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर