नेपाल ट्रस्टको नाममा रहेको छाउनीस्थित १५ रोपनी घरजग्गा पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मीदेवी सिंहले २० दिनभित्र खालि गर्नुपर्ने भएको छ ।
सिंहले आफूले दाइजोबापत सो जग्गा पाएको दाबी गरे पनि सर्वोच्चले ११ पुस, २०७३ मा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपकुमार कार्की र सपना मल्ल प्रधानको पूर्ण इजलासले सो घरजग्गा दाइजो नठहर्ने फैसला गरेको थियो ।
सर्वोच्चको फैसला कार्यान्वयन गर्न भन्दै नेपाल ट्रस्टले सिंहको नाममा पत्र काटेपछि उनले पुनरावलोकनको माग गर्दै निवेदन दिएकी थिइन् । सर्वोच्चबाट भएको फैसला पुनरावलोकनको माग गर्दै निवेदन दिएपछि नेपाल ट्रस्ट केही समय हच्किएको तर अब भने २० दिनभित्रै खालि गराउन लागिपरेको खबर नीराजन पौडेलको बाइलाइनमा शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।