newskoseli.Com

देश–विदेशका ७० बौद्ध गुरु काठमाडौंमा : चारूमति बिहार झकिझकाउ

नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न चाबहिलस्थित चारुमती बिहारमा माघ २५ र २६ मा गर्न लागिएको अन्तरर्रािष्ट्रय त्रिपिटक वाचन कार्यक्रममा सहभागी हुन विभिन्न मुलुकका ७० बौद्ध गुरु काठमाडौं आएका छन् ।

चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इन्डो चाइना फ्रेन्डसिप एशोसियसनको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा, कम्बोडिया र लाओसका बौद्ध गुरु बौद्ध साहित्य वाचनका लागि शुक्रबार काठमाडौं आएका हुन् । स्वदेशी तथा विदेशी भिक्षुले उक्त ग्रन्थका केही वाक्यांशलाई सामूहिक रुपमा पाठ गरी विश्वशान्ति तथा राष्ट्रिय कल्याणका लागि कामना गरिने उक्त कार्यक्रमका लागि नेपालबाट थेरवाद, महायान र बज्रयान सम्प्रदायका करिव १ सय ५० बौद्ध गुरु सहभागी हुने छन् ।

बौद्ध धर्मको पुरानो ग्रन्थ त्रिपिटक तीन भागमा छन् । त्रिपिटक पाली भाषामा लेखिएको महत्त्वपूर्ण ग्रन्थ हो । यो अन्य भाषामा पनि अनुवाद गरिएको छ । शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि जीवनको अन्तिम समयसम्म दिएका प्रवचन तथा उपदेशलाई बौद्ध शिक्षाका रुपमा सङ्कलन गरिएकाले यसलाई पवित्र कृतिका रुपमा लिइएको छ ।

उक्त कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको छ । करिव २ हजार ३ सय वर्ष पुरानो मानिएको उक्त बिहार तथा त्यस आसपास क्षेत्रमा सरसफाइ गरी मालाले ढपक्प पारी सिङ्गारिएको छ । बिहार परिसरमा त्रिपिटक वाचनका लागि समारोहस्थल चिटिक्क पारिएको छ । कार्यक्रमको प्रचारप्रसारबाट देश–विदेशका बौद्ध धर्मावलम्बीको ध्यानाकर्षण गरी स्वदेशमा धार्मिक पर्यटन अभिवृद्धि हुने विश्वास लिइएको कार्यक्रमका संयोजक भिक्षु तपस्सी धम्मले जानकारी दिए ।

माघ २५ गते बिहान चारुमती विश्व साइकल यात्रा गरी दिउँसो त्रिपिटक वाचन गरिने छ । चाबहिलदेखि सुरु हुने साइकल यात्रा गौशाला, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, लगनखेल स्तुप हुँदै विभिन्न बौद्ध सम्पदास्थलमा पुगेर पुनः कार्यक्रस्थलमा आउने कार्यक्रम रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर