newskoseli.Com

नम्बर प्लेटमा भाषाको अन्योल, अघि बढेन ‘इम्बोस्ड’ नम्बर प्लेट

सवारी साधनमा ‘इम्बोस्ड’ नम्बर प्लेट जडानका निम्ति सर्वोच्च अदालतले बाटो खोलेको दुई महिना बितिसक्दा पनि यातायात व्यवस्था विभागले सो काम अघि बढाउन सकेको छैन । नम्बर प्लेटमा कुन भाषा प्रयोग गर्ने भन्ने विषयमा सरोकारवाला निकाय नै स्पष्ट नभएपछि काम अघि बढ्न नसकेको हो ।

‘इम्बोस्ड’ नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोगविरुद्ध परेको रिट सर्वोच्चले खारेज गरेसँगै सो नम्बर प्लेट जडानको काम अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको थियो । तर, विभागले हालसम्म उक्त काम अघि बढाएको छैन ।

सर्वोच्चको निर्णयको पूर्णपाठ आइनसकेकाले काम अघि बढ्न नसकेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताएको खबर काशीराम बजगाईंको बाइलाइनमा मंगलबारको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर