newskoseli.Com

प्रधानमन्त्रीको जिल्लामा जुवा खेलिरहेका ‘हेडसर’ सहित ८ पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको गौरादह नगरपालिकाबाट प्रहरीले सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

गौरादाह नगरपालिका– ९, स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङ्गाना, महेश निरौला, रोहित बस्नेत, नेत्र पोखरेल र गोपाल ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीयवासीले दिएको जानकारीका आधारमा उनीहरुलाई बिहीबार राति इलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो । जुवा खालबाट प्रहरीले ९१ हजार ३ सय ८० रूपैयाँ र ७ थान मोबाइल बरामद गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर