newskoseli.Com

नेकपाको सचिवालय बैठक : एमसीसीबारे खनाल कार्यदलको प्रतिवेदनमाथि छलफल

फाइल तस्बिर

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार राजधानीमा बस्यो । बैठक मुख्यतः ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’ बारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा केन्द्रित भई छलफल भएको छ ।

शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको सो बैठकमा कार्यदलका संयोजक तथा वरिष्ठ नेता खनालले अध्ययन प्रतिवेदनको विवरण पेश गरे । बैठकमा एमसस्सीसम्बन्धी विभिन्न विवरण पेस भएको र त्यसमाथि विस्तृतमा छलफल भएको सो पार्टीका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

एमसीसी सहयोगसम्बन्धी विषयमा सचिवालय बैठकमा फेरि पनि छलफल हुने बताइएको छ । नेकपाको माघ १५ देखि १९ सम्म सञ्चालन भएको केन्द्रीय कमिटीको बैठकले एमसीसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदलले शुक्रबार मात्रै अध्यक्षद्वय समक्ष प्रतिवेदन बुझाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर