newskoseli.Com

जन्मदिन मनाउन जन्मघर पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९औं जन्मदिन मनाउन आठराई गाउँपालिका– ४, इवास्थित आफ्नो जन्मघरमा पुगेका छन् । प्रधानमन्त्री ओली आइतबार अपराह्न २ बजे पुगेका हुन् ।

प्रधानमन्त्रीको टोलीलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गरे । प्रधानमन्त्रीको स्वागतमा लिम्बू समुदायको च्याब्रुङ नाच, सङ्गिनी नाच तथा विभिन्न झाँकी प्रदर्शन गरिए ।

प्रधानमन्त्रीका साथ उनकी पत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश– १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री विना मगर, सङ्घीय सांसद विजय सुब्बा, गणेश विमलीलगायत सहभागी छन् ।

प्रधानमन्त्रीले आइतबारै सुकेपोखरी–भदौरै सडकको शिलान्यास समेत गरे । आठराई– १, संक्रान्ति बजारमा स्थापना गरिएको नेपाल बैंक लिमिटेडको १७७औं शाखाको पनि उनले उदघाटन गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर