newskoseli.Com

खड्ग ओली–ईश्वर पोखरेललाई जनार्दन शर्माको चेतावनी : ‘मलाई तर्साउन खोज्ने !’

सत्तारुढ नेकपाका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले नेपाल ट्रस्टको जग्गा प्रकरणमा सरकारले आफूलाई ‘तर्साउन खोजेको’ भन्दै आक्रोश पोखेका छन् ।

‘‘प्रधानमन्त्रीज्यू र रक्षामन्त्रीबाट म जवाफ चाहन्छु– मलाई तर्साउन खोजिएको हो वा आत्मसमर्पण गराउन खोजिएको हो ?’ प्रतिनिधिसभाको बैठकमा बिहीबार विशेष समय लिएर बोल्दै उनले भने– ‘‘म सत्यका अगाडि कहिल्यै झुक्दिनँ र म तर्सिंदा पनि तर्सिन्नँ ।’

आफू गृहमन्त्री भएका बेला ट्रस्टको जग्गा व्यक्तिका नाममा नामसारी गरेको भन्दै सरकारले सार्वजनिक गरेको ‘श्वेतपत्र’ प्रति उनले असन्तुष्टि जनाएका हुन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ट्रस्टको जग्गा विवरण र पूर्ववत् सरकारका निर्णय भन्दै मंगलबार ‘श्वेतपत्र’ जारी गरेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रस्टका संरक्षक र गृहमन्त्री शर्मा अध्यक्ष रहेका बेला ताहाचल सोल्टी आउटर कम्प्लेक्सको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गरिएको ‘श्वेतपत्र’ मा उल्लेख छ ।

ट्रस्टको जग्गा लिजमा दिने निर्णयमा आफू संलग्न नरहेको भन्दै देउवाले बुधबार विज्ञप्ति जारी गरेका छन् । अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मातातीर्थस्थित ट्रस्टको १ सय ७३ रोपनी जग्गा आफूले कानुनसम्मत रुपमा मोहीलाई नामसारी गरिदिएको बताएका छन् ।

ट्रस्टको जग्गा लिजमा दिने निर्णमा आफू संलग्न नभएको पूर्वगृहमन्त्री शर्माले बताएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर