newskoseli.Com

‘बाँस्कोटाको प्रवक्ता नबनिदिनोस्’ : प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको सुझाव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचार काण्ड पर्दाफास भैसकेका गोकुल बाँस्कोटाको प्रवक्ता नबन्न प्रधानमन्त्री खड्ग ओलीलाई सुझाव दिएका छन् ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अडियो टेप प्रकरणबाट पतन भैसकेका गोकुल बाँस्कोटाको बचाउ गर्ने प्रयास गरेका थिए । त्यसैलाई इंगित गर्दै कांग्रेस नेता शर्माले प्रधानमन्त्री खड्ग ओलीलाई ‘सुझावपत्र’ लेखेका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन मागेको बाँस्कोटाको अडियोबारे ओलीले बचाउ गरेपछि प्रवक्ता शर्माले आफ्नो ट्विटरमार्फत सुझाव दिँदै बाँस्कोटाको प्रवक्ता नबन्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीलाई सुझावपत्र !’ भन्दै कांग्रेस प्रवक्ताले लेखेका छन्– ‘पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया ।’

उनले अगाडि लेखेका छन्– ‘‘अनुसन्धान प्रहरीले, बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो । अरूको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ । अझ अडियोको प्राविधिक परीक्षणसम्म यहाँले नै ?

यस्ताे छ कांग्रेस प्रवक्ताकाे ट्विट, जस्ताकाे तस्तै–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर