newskoseli.Com

पूर्वमन्त्री गोकुल बाँस्कोटाले हाले गाली–बेइज्जती मुद्धा (फिरादपत्रसहित)

सेक्युरिटी प्रेस स्थापना गर्ने सन्दर्भमा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाली–बेइज्जति मुद्धा दर्ता गराएका छन् ।

बाँस्कोटाले आफूसँग त्यस्तो डिल गरेको भन्दै अडियो सार्वजनिक गरी विभिन्न सञ्चार माध्यमसँग साक्षात्कार गर्दै जिम्मेवारी समेत लिएका विजयप्रकाश मिश्रविरुद्ध बाँस्कोटाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गराएका हुन् ।

बास्कोटाले आफ्ना वारेश राजेन्द्र वोगटीमार्फत दर्ता गराएको फिरादपत्रमा मिश्रले मुलुकी अपराध संहिता ऐनको दफा २९३, ३०५, ३०६ र ३०७ विपरीतको काम गरेको जिकिर गरेका छन् । सो ऐनको दफा २९३ (२), दफा ३०५ (३) र ३०७ (१) अनुसार हदैसम्म सजाय माग गरेका छन् ।

यस्तो छ पूर्वमन्त्री बाँस्कोटाको फिरादपत्र–

 

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर