newskoseli.Com

अर्थमन्त्री खतिवडाले दिए राजीनामा : फेरि नियुक्त गर्ने तयारी, १९ सांसदले पनि पाए बिदा

फाइल तस्बिर

केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आफ्नो सांसद पद गुमेसँगै मन्त्री पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर मंगलबारदेखि बिदा भएका १९ जना सांसदहरुमध्ये मन्त्री खतिवडा पनि एक हुन् । नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीका १ र राष्ट्रपतिबाट मनोनीत १ गरी १९ जना मंगलबार बिदा भएका छन् । राष्ट्रियसभामा कार्यकाल पूरा भएसँगै मन्त्री खतिवडाले मंगलबार राजीनामा दिएका हुन् ।

बुधबार रातिदेखि लागू हुने गरी मन्त्री खतिवडाले नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत राजीनामा बुझाएका हुन् । तर, डा. खतिवडालाई राजीनामापछि पनि थप ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने सरकारी तयारी छ ।

गोला प्रथाबाट दुईवर्षे कार्यकाल पाएका खतिवडालगायत १९ जना राष्ट्रियसभा सदस्यको पदावधि सकिएसँगै राष्ट्रियसभाको पछिल्लो चुनावमा निर्वाचित भएका नयाँ १८ जना सदस्यहरुको बुधबार सपथ हुँदैछ । तर, सिफारिस गर्ने प्रधानमन्त्री ठीक यसैबेला अस्पतालमा रहेकाले राष्ट्रपतिबाट मनोनीत हुने १ सदस्यकाे पद भने केही समय रिक्त रहने देखिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर