newskoseli.Com

अप्रेसनपछि बोले प्रधानमन्त्री : ‘छिटै काममा फर्किन्छु’

दोस्रो पटक, त्यो पनि नेपालमै बुधबार (२१ फागुनमा) मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार निजी सचिवालयका व्यक्तिसँग फाेनवार्ता गरेका छन् । उनले आफ्नो स्वास्थ्यमा तीव्र सुधार आइरहेको उल्लेख गर्दै छिटै काममा फर्कने सन्देश प्रवाहित गरिदिन उनीमार्फत सन्देश समेत प्रवाह गरेका छन् ।

अप्रेसनपछि पहिलो पटक शुक्रबार बिहान प्रधानमन्त्रीसँग कुरा गरेका प्रमुख राजनीतिक सल्लाहकार एवं सत्ताधारी नेकपाका नेता विष्णु रिमालले सामाजिक सञ्जाल ‘ट्विटर’ मा लेखेका छन्– ‘सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो । साथीहरुलाई भनिदिनोस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ। छिट्टै म काममा फर्किन्छु । धेरै खुशी लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू !’

यस्तो छ सल्लाहकार रिमालको ‘ट्विट’–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर