newskoseli.Com

चट्याङ लागेका श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै

मकवानपुरको भीमफेदीमा शनिबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर घाइते भएका स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २२ वर्षीया सविना स्याङ्तान घाइते भएकी छन् । उपचार गराइरहेकी उनी चट्याङ लागेर ज्यान गुमाएका विजयकी श्रीमती हुन् । मकवानपुरको पहाडी क्षेत्रमा अत्यधिक मात्रामा चट्याङका घटना हुने गर्दछन् ।

सरकारी तथा गैरसरकारी निकायको चेतनामूलक कार्यक्रम एवं चट्याङ प्रतिरोधी उपकरण जडानका कारण पछिल्ला वर्षमा चट्याङबाट हुने मृत्युदरमा कमी आएको भए तापनि चट्याङका कारण मानवीय तथा अन्य क्षति हुने जिल्लामध्ये मकवानपुर अग्रपङ्क्तिमै रहेको खबर राससले प्रेषित गरेकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर