newskoseli.Com

सशस्त्र प्रहरीले आफैंलाई हाने गोली…

सांकेतिक तस्बिर

सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैंलाई गोली हान्दा गम्भीर घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल नंम्बर १० गण, कविलासीमा कार्यरत करिव ३० वर्षीय आनन्द मिश्रा आफैंले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।

सर्लाहीको बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर