newskoseli.Com

माल्टा र कुवेत पठाउँछु भन्दै साढे २ करोड ठग्ने श्रेष्ठ पक्राउ

माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौं रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले हालै पक्राउ गरेको छ ।

अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै विभिन्न व्यक्तिसँग २ करोड ५० लाख रुपैयाँ ठगी गर्ने अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार नेपालगञ्जबाट पक्राउ गरी आइतबार काठमाडौंमा सार्वजनिक गरेको हो ।

राम्रो कमाइ हुने प्रलोभनमा पारेर माल्टा र कुवेत पठाउने भनी ठगी गर्ने श्रेष्ठलाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । ‘पक्राउ परेका श्रेष्ठले माल्टाका लागि २६ जनासँग प्रतिव्यक्ति १० लाख र कुवेतका लागि ३४ जनासँग प्रतिव्यक्ति ६ लाख लाग्छ भनी ठगी गरेको अनुसन्धानमा खुलेको छ’– प्रवक्ता बोगटीले भने ।

श्रेष्ठले माल्टा जानेसँग ६–६ लाख तथा कुवेत जानेसँग ३–३ लाख रुपैयाँ उठाइसकेको प्रहरीले जनाएको छ । माल्टामा प्रतिमहिना १ हजार २ सय युरो र कुवेतमा प्रतिमहिना २ हजार २ सय दिराम कमाइ हुने आश्वासन श्रेष्ठले पीडितलाई दिएका थिए । पक्राउ परेका श्रेष्ठसँग विदेश पठाउन प्रयोग गरिने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिका राहदानी बरामद गरेको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर