newskoseli.Com

कोटेश्वर–कलङ्की सडकमा सवारी हाँक्ने नयाँ नियम

कोटेश्वर–कलङ्की सडक खण्डमा गुड्ने सवारी साधनलाई ट्राफिक प्रहरीले नयाँ नियम लागू गर्ने भएको छ । सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत २ देखि लागू गर्ने गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ नियम ल्याउन लागेको हो ।

कम गतिमा गुड्ने सार्वजनिक तथा मालबाहक सवारी साधनलाई सडकको बाँया तथा तीव्र गतिमा गुड्ने निजी र साना सवारी साधनलाई सडकको दायाँ गुड्ने गरी व्यवस्था गर्न लागेको महाशाखाका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) भीमप्रसाद ढकालले जानकारी दिए । ‘फराकिलो सडक र तीव्र गतिसँगै उक्त सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि उक्त नियम लागू गर्न लागेका हौं’– उनले भने ।

उक्त सडक खण्डलाई व्यवस्थित गर्न महाशाखाले सरोकारवाला निकायसँग छलफल गरेको थियो । यसभन्दा पहिले भक्तपुरको सूर्यविनायकदेखि कोटेश्वरसम्म पनि महाशाखाले उक्त नियम लागू गरिसकेको छ । कोटेश्वरदेखि कलङ्कीसम्मको १० किलोमिटर सडकमा मासिक ८० भन्दा बढी सवारी दुर्घटना हुने गरेको बताउँदै दुर्घटना न्यूनीकरणका लागि उक्त नियम लागू गर्न लागेको महाशाखाका प्रवक्ता (प्रहरी उपरीक्षक) जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त सडक खण्डमा मुख्य लेनमा ५० किलोमिटर प्रतिघन्टा तथा सर्भिस लेनमा २० किलोमिटर प्रतिघन्टाका दरले महाशाखाले गति निर्धारण गरिसकेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर