newskoseli.Com

पोखरा विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदार ‘सेल्फ क्वारेन्टाइन’ मा

पोखरामा निर्माणाधीन क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदार ‘सेल्फ क्वारेन्टाइन’ मा बसेका छन् । विमानस्थलमा हाल १ सय ९० चिनियाँ कामदार कार्यरत छन् ।

क्वारेन्टाइनमा राखिएका ७१ कामदारमध्ये केही पुराना र केही नयाँ रहेको विमानस्थलका प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए । कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य सतर्कतालाई विशेष ध्यान दिएको र स्वयं कामदार पनि स्वास्थ्यप्रति सचेत रहेकाले नेपाल आएपछि पनि थप १० दिन ‘सेल्फ क्वारेन्टाइन’ बस्ने गरेको उनले जानकारी दिए ।

प्रमुख मुनाकर्मीले भने– ‘चीनबाट आएका नयाँ–पुराना कामदार त्यहाँ पनि १४ दिन क्वारेन्टाइनमा बसेर र हेल्थ सर्टिफिकेट लिएर आएका छन् । नेपाल आएपछि पनि ‘सेल्फ क्वारेन्टाइन’ मा बसेर काममा फर्कन्छन् ।’ यसअघि पनि ३६ चिनियाँ कामदार ‘सेल्फ क्वारेन्टाइन’ मा बसेर काममा फर्किएको र अहिले ७१ जना पनि त्यसरी नै ‘सेल्फ क्वारेन्टाइन’ मा बसेपछि काममा फर्केने उनको भनाइ छ । उनीहरु फागुन २१, २२, २३ मा चीनबाट नेपाल आएका थिए ।

सन् २०२१ जुलाईमा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त विमानस्थलको हाल ५५ प्रतिशत काम सम्पन्न भएको प्रमुख मुनाकर्मीले जानकारी दिए । सम्पन्न मितिभन्दा ६ महिना अगावै ९५ प्रतिशत मुख्य काम सकिने उनले जानकारी दिए । हाल निर्माणाधीन सो विमानस्थलमा क्वारेन्टाइनमा राखिएका बाहेक १ सय ९० जना चिनियाँ र २ सय ८० जना नेपाली कार्यरत छन् । कोरोना सङ्क्रमणको सन्त्रासका कारण एक महिना यता राम्रोसँग काम हुन नसकेको उनको भनाइ रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर