newskoseli.Com

गोकुल बाँस्कोटाको घरमा शक्तिशाली बम विस्फोट

सांकेतिक तस्बिर

निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निर्माणाधीन घरमा शक्तिशाली बम विस्फोट भएको छ । नेकपाका सांसद बाँस्कोटाको घरपरिसरमा भर्खरै (बुधबार बिहान करिव पाैने ८ बजे) प्रेसर कुकर बम विस्फोट भएको हो ।

मध्यपुर थिमि नगरपालिका– १, लोकन्थलीस्थित मनहरा प्लानिङमा रहेको बाँस्काेटाकाे घरमा ठूलो आवाजसहित बम विस्फोट भएको स्थानीयवासीले बताएका छन् । विस्फोटका कारण बास्कोटाको घर परिसरमा रहेको मारुती भ्यानमा क्षति पुगेको छ । विस्फोटका कारण उनका छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ ।

विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । कसले र के उद्देश्यले विष्फोट गराएको हो भन्ने हालसम्म खुल्न सकेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर