newskoseli.Com

प्रधानमन्त्रीलाई भेटेर घर फर्किइन् मिर्गौलादाता समीक्षा : ‘ख्याल गर्नू’ भन्दै ओलीले दिए धन्यवाद

फाइल तस्बिर

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने ‘भान्जी’ समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला प्रत्यारोपणपछि ‘पहिलो भिजिटर’ का रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

शल्यक्रियापछि चिकित्सक बाहेक श्रीमती समेतलाई भेट्न नपाएका प्रधानमन्त्री ओली र समीक्षाबीच करिव २ मिनेट कुराकानी भएको थियो । नाताले ‘मामा’ पर्ने ओलीलाई भेटेर संग्रौलाले स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् । भेट्नासाथ उनले सोधिन्– ‘मामा तपाईंलाई कस्तो छ ?’

समीक्षाको प्रश्नपछि प्रधानमन्त्री ओली बोले– ‘मलाई त ठीकै छ, तिमीलाई कस्तो छ नि ?’ कृतज्ञतापूर्वक प्रधानमन्त्रीले भने– ‘तिमीलाई धेरै–धेरै धन्यवाद छ, आफ्नो ख्याल गर्नू, स्वास्थ्यमा राम्राे ध्यान दिनू ।’

गत बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएका थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मूख भएको उल्लेख गर्दै केही दिनमा डिस्चार्ज गरिने अस्पतालले जनाउँदै आएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर