newskoseli.Com

ओली–प्रचण्ड भेटघाट, के–के भए छलफल ?

फाइल तस्बिर

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार भेटघाट र छलफल भएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा करिव आधा दर्जन विषयमा कुराकानी भएको स्रोतले जनायो । दुई अध्यक्षबीच पार्टी एकताका बाँकी काम, राष्ट्रियसभामा वामदेवलाई पठाउने सम्बन्धमा यसअघि सचिवालयले गरेको निर्णय, संसारभर फैलिएको कोरोनाभाइरसको महामारी र स्वयं ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे छलफल भएको बताइएको छ ।

करिव ४५ मिनेट चलेको भेटवार्तामा हालै मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे पनि छलफल भएको स्रोतले जनायो । २१ फागुनमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीलाई केही दिन आराम गर्न चिकित्सकहरुले सल्लाह दिए तापनि ओलीले भेटवार्ता र अरु काम सुरु गरिसकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर