newskoseli.Com

‘माके सिध्यायो, अब नेकपा सिध्याउँछ’ : ‘काजी गुट’ विरूद्ध खनिए बाबुराम

परीक्षा सुरुआतको पूर्वसन्ध्यामा आएर मात्रै सरकारले एसईई स्थगित गरेकामा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ताधारी नेकपाभित्रकाे ‘काजी गुट’ (प्रवक्ता नारायणकाजी श्रेष्ठकाे समूह) विरूद्ध तीताे पाेखेका छन् ।

सत्तामा सहभागी हुने अवसर पाउँदा सधैं नै या त स्वास्थ्य नत्र शिक्षा मन्त्रालय लिएको पूर्वमाओवादी केन्द्रभित्रको श्रेष्ठ समूहले ती दुई मन्त्रालयमार्फत नै ‘गुट चलाएको’ आरोप लगाउँदै पूर्वसहकर्मी समेत रहेका डा. बाबुरामले बिहीबार बिहान सामाजिक सञ्जाल ‘ट्विटर’ मा लेखेका छन्– ‘उहिलेका श्री ३ ले अहिलेका श्री ३ झैं अघिल्लो दिन होइन, केही दिन पहिल्यै परी़क्षा रोके होलान् ! यति कुरो केही दिनअघि गरेको भए विद्यार्थी–अभिभावक कति तनावमुक्त हुन्थे ? कति खर्च बच्थ्यो ? यो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने, गुट चलाउने हो ! माके सिध्यायो, अब नेकपा सिध्याउँछ !’

वर्तमान शिक्षामन्त्री गिरिराजमणि पाेखरेल गत आम निर्वाचनमा गोरखाको एकै क्षेत्रमा प्रतिद्वन्द्वी रहेका नारायणकाजी श्रेष्ठ समूहका नेता भएकैले डा. भट्टराईले ‘काजी गुट’ प्रति तीताे पाेखेका हुन् । बालबच्चाको जीवनभन्दा परीक्षा ठूलो नभएकाले स्थगित गरेर बिदा दिन केही दिन अघिदेखि नै उनले आवाज उठाउँदै आएका थिए ।

काेराेना सन्त्रासका कारण जनचेतना अभिवृद्धिमा सहयाेग पुर्‍याउन भन्दै डा. भट्टराईले केही दिनदेखि आफ्नो ‘ट्विटर ह्याण्डल काे नाम समेत परविर्तन गरी नियमित हात धोऔं / Wash your hands ! राखेका छन् ।

यस्तो छ डा. भट्टराईको ‘ट्विट’–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर