newskoseli.Com

काठमाडौंका ५ ठाउँमा सुपथ मूल्य पसल, अरु ३ ठाउँमा पनि खुल्दै : कहाँ–कहाँ ?

सरकारले शुक्रबारदेखि काठमाडौं उपत्यकाका पाँच ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

सतुंगल, कालीमाटी, कोटेश्वर, बनेपा र भक्तपुरमा खुल्न लागेका सुपथ मूल्य पसलमा नुन, चामल, चिनी, गेडागुडीलगायतका दैनिक उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध हुने बताइएको छ । ललितपुर महानगरसँगको समन्वयमा शनिबारसम्म जाउलाखेलमा पनि सुपथ मूल्य पसल सञ्चालनमा आइसक्ने उनले बताए । बालाजु र चाबहिलमा पनि सुपथ मूल्य पसल स्थापनाको गृहकार्य भैरहेको साल्ट ट्रेडिङका कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए ।

ती पसलमा खाद्यन्न तथा नुन सुपथ मूल्यमा पाइनुका साथै एसटीसी ग्यास पनि उपलब्ध हुने कर्पोरेसनले जनाएको छ । करिव ६ महिनालाई पुग्ने खाद्यान्न, ८ महिनालाई पुग्ने औषधि, १० महिनालाई पुग्ने नुन र ३ महिनालाई पुग्ने चिनी मौज्दात रहेको मन्त्री भट्टले जानकारी गराए बताए ।

ग्यास आयातमा समस्या नभए पनि केही व्यवसायीको कमजोरीले समस्या देखिएको भन्दै ग्यासको अभाव छिटै हट्ने उनले बताए । व्यापारीले कृत्रिम अभाव सिर्जना गरेकाे पाइँदा र कालाेबजारी गरेकाे भेटिँदा कडा कारबाही गरिने तर जनताको घरमा भने आवश्यकता भन्दा बढी सामान मौज्दात रहेको सूचना पाइए पनि छापा मार्न नमिल्ने उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर